Press Chautari Koshi ३१ जेठ २०८२, शनिबार

021-511311 [email protected]

मोरङ जिल्ला समिति

परिचय

२०५३/०५४ सालमा प्रगतिशील पत्रकार समूह गठन गरी प्रगतिशील विचार भएका पत्रकारहरूलाई एकतावद्ध गर्ने काम भयो। जसको संयोजक जनार्दन मैनाली हुनुहुन्थ्यो भने सचिव दीपेन नेउपाने, सदस्य डिल्लीराम पोखरेल, महेन्द्र विष्ट हुनुहुन्थ्यो।

प्रेस चौतारीको इतिहासमा अग्रणी संगठनको रूपमा रहेको प्रेस चौतारी नेपाल मोरङको २०५५ साल फागुनमा दीपेन नेउपानेको अध्यक्षतामा प्रेस चौतारी नेपाल जिल्ला तदर्थ समिति मोरङ गठन भयो।

२०५६ वैशाखमा प्रथम जिल्ला अधिवेशन भयो। जसको अध्यक्ष दीपेन नेउपाने, उपाध्यक्ष ईश्वर सेडाईं, सचिव डिल्लीराम पोखरेल, कोषाध्यक्ष नरेन्द्र दाहाल, सदस्य सूर्यनारायण यादव र पुष्पराज थपलिया हुनुहुन्थ्यो। पहिलो कार्यकाल २०५६–२०५९ सालसम्म रहेको थियो।

चौतारी मोरङको दोस्रो कार्यकाल (२०५९–२०६२) सम्म पनि नेउपानेले नेतृत्व गर्नुभयो। जसको उपाध्यक्ष नरेन्द्र दाहाल, सचिव धर्मराज ढकाल, सदस्यहरू नरेन्द्र राई, विक्रम लुइँटेल, पुष्पराज थपलिया, सूर्यनारायण यादव, माधव अधिकारी, बन्धु पोखरेल, शान्ति दाहाल, मिलन के. राउत, घनश्याम भण्डारी लगायत हुनुहुन्थ्यो।
नेउपानेले तदर्थ समिति देखि दोस्रो कार्यकालसम्म ७ वर्ष चौतारी मोरङको नेतृत्व गर्नुभयो।

२०६२ मा तेस्रो जिल्ला अधिवेशन भयो। गतिशील रूपमा अगाडि बढेको चौतारी मोरङको नेतृत्व महेन्द्र विष्टले लिनुभयो। उहाँको कार्यकाल २०६२–२०६५ सम्म रहेको थियो।

२०६५–२०६७ सम्म नरेन्द्र प्रसाद दाहालले चौतारी मोरङको नेतृत्व गर्नुभयो।

२०६७ असोजदेखि २०६८ साउनसम्म बन्धु पोखरेलले चौतारी मोरङको नेतृत्व गर्नुभयो।

संगठनमा आएको केही उतारचढावका कारण २०६८ साउनदेखि माधव अधिकारीले चौतारी मोरङलाई अगाडि लैजानुभयो। अधिकारीले करिब डेढ वर्ष संगठनको संयोजक भएर काम गर्नुभयो।

२०६९–२०७१ को अवधिमा विक्रम लुइँटेल अध्यक्ष भएर संगठनको नेतृत्व गर्नुभयो भने २०७१ सालदेखि रामचन्द्र अधिकारीले संगठनको नेतृत्व गर्नुभयो। अधिकारीको कार्यकाल (२०७१–२०७७) सम्म रहेको थियो।

यहीबीचमा नेकपा एमाले र माओवादी पार्टी एकीकरणपछि एकीकृत भएको प्रेस चौतारी र प्रेस सेन्टर पनि एकीकृत भए। एकीकरणपछि बनेको प्रेस संगठनको संयोजकको जिम्मेवारी पनि रामचन्द्र अधिकारीले नै पाउनुभयो।

उहाँ केन्द्रीय सदस्यमा तानिएपछि जिल्ला संयोजकको भूमिका सुदीप कोइरालामा आयो। कोइरालाले (२०७७–२०८१) सम्म संगठनको नेतृत्व गर्नुभयो।


उत्कृष्ट जिल्ला

नेकपा एमाले निकटका पत्रकारलाई एउटै छातामुनि समेट्ने उद्देश्यले स्थापना भएको प्रेस चौतारी मोरङले पत्रकारको प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको छ। पत्रकारहरूको क्षमता विकासका लागि पनि काम गरेको छ।

प्रेस चौतारी नेपाल मोरङ समिति २०७१ सालमा कुशल कार्यसम्पादन र सांगठनिक गतिविधिमा उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको थियो।

२०८१ चैत १०–१२ मा विराटनगरमा सम्पन्न केन्द्रीय महाधिवेशनमा व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेबापत प्रेस चौतारी मोरङ समिति सम्मानित भएको छ।

प्रेस चौतारी मोरङले यसअघि २०७९ साल फागुन २५–२७ गते विराटनगरमा नै चौतारीको केन्द्रीय महाधिवेशन सम्पन्न गरेको थियो।

त्यतिबेला प्रेस चौतारी मोरङको नेतृत्व विक्रम लुइँटेलले गर्नुभएको थियो।

२०८१ चैत १०–१२ दोस्रो केन्द्रीय महाधिवेशन विराटनगरमा सम्पन्न भएको हो।


नेतृत्व जन्माउने चौतारी मोरङ

प्रेस चौतारी मोरङले नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै धेरै नेतृत्व पनि जन्माएको छ।

प्रेस चौतारी मोरङका संस्थापक यज्ञ शर्मा २०५८ सालमा भएको पहिलो केन्द्रीय अधिवेशनमा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँ केन्द्रको संस्थापक, तत्कालीन पूर्वाञ्चल संयोजक हुँदै उपाध्यक्षसमेत हुनुभएको हो।

त्यसैगरी, केन्द्रीय सदस्यमा रही धेरैले संगठनको जिम्मेवारी निर्वाह गर्नुभएको इतिहास छ।

प्रेस चौतारी मोरङको प्रतिनिधित्व गर्दै यज्ञ शर्मा, महेन्द्र विष्ट, (तत्कालीन चौतारी नेता बन्धु पोखरेल) र सञ्जीव खनालले पत्रकार महासंघ मोरङको नेतृत्व गरिसक्नुभएको छ।
पदाधिकारी तथा सदस्यको रूपमा काम गर्ने चौतारी मोरङका सदस्यहरू धेरै हुनुहुन्छ।

चौतारी मोरङका पूर्व अध्यक्ष विक्रम लुइँटेल नेपाल पत्रकार महासंघ कोशी प्रदेशको संस्थापक अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएको छ।

उहाँ प्रेस चौतारी केन्द्रीय समितिको सदस्य, सचिव तथा प्रदेश इन्चार्ज हुँदै २०८१ चैत १०–१२ विराटनगरमा सम्पन्न केन्द्रीय अधिवेशनबाट सचिव (प्रचार तथा प्रशिक्षण) मा रहनुभएको छ।

प्रेस चौतारी मोरङमा १०८ जना साधारण सदस्य रहेका छन्।

प्रेस चौतारी मोरङले कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार, जनार्दन मैनाली पत्रकारिता पुरस्कार र शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ।

प्रेस चौतारी मोरङले पहिलो पटक महिला नेतृत्व पाएको छ। प्रेस चौतारी मोरङको २०८१ माघ १२ गते सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट चीना थापाले चौतारी मोरङको नेतृत्व गरिरहनुभएको छ।

कार्यसमिति {२१ जना}
profile images

चीना थापा

अध्यक्ष
9844252032

profile images

शशांक पौडेल

उपाध्यक्ष
9852066206

profile images

रञ्जना अधिकारी

उपाध्यक्ष (महिला)
9862226456

profile images

नवराज भट्टराई

सचिव
9842642688

profile images

पुन्य पी अधिकारी

कोषाध्यक्ष
9842103783

profile images

कृष्णचन्द्र सुवेदी

उपसचिव
9842192412

profile images

राजकुमारी तामाङ

उपसचिव (समावेशी)
9862224895

profile images

रोमा दाहाल (निशा)

सदस्य
9745864165

profile images

दीपक खड्का

सदस्य
9842400371

profile images

निशान्त ढुंगाना

सदस्य
9819338217

profile images

विशाल मण्डल

सदस्य
9867529050

profile images

प्रमोद कार्की

सदस्य
9827391045

profile images

सामना भट्टराई

सदस्य
9810587180

profile images

संगीता राई

सदस्य
9819022628

profile images

कुलदीप बाँस्तोला

सदस्य
9816358402

profile images

विवेक खतिवडा

सदस्य
9811348747

profile images

विदिशा भट्टराई

सदस्य
9801731633

profile images

शिशिर राई

सदस्य
9826398310

profile images

शिवशंकर परिहस्त

सदस्य
9804737194

profile images

रोहन राई

सदस्य
9812396901

profile images

राम कुमार शर्मा

सदस्य
9864593150

पूर्व-अध्यक्षहरु {८ जना}
दिपेन न्यौपाने

दिपेन न्यौपाने

२०५५-२०५९, २०५९-२०६२

महेन्द्र विष्ट

महेन्द्र विष्ट

२०६२-२०६५

नरेन्द्र प्रसाद दाहाल

नरेन्द्र प्रसाद दाहाल

२०६५-२०६७

वन्धु पोखरेल

वन्धु पोखरेल

२०६७ असोज-२०६८ साउन

माधव अधिकारी

माधव अधिकारी

२०६८ साउन-२०६९ पुस

विक्रम लुइँटेल

विक्रम लुइँटेल

२०६९-२०७१

रामचन्द्र अधिकारी

रामचन्द्र अधिकारी

२०७१-२०७७

सुदीप कोइराला

सुदीप कोइराला

२०७७-२०८१