Press Chautari Koshi ३१ जेठ २०८२, शनिबार

021-511311 [email protected]

ताप्लेजुङ जिल्ला समिति

परिचय

प्रेस चौतारी नेपाल ताप्लेजुङ, प्रेस चौतारी नेपालको जिल्ला शाखा हो, जसले जिल्लामा सञ्चारकर्मीहरूको संगठनात्मक एकता, पेशागत हकहित, र उत्तरदायी पत्रकारिताको प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेको छ । लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको संरक्षण गर्दै, प्रेस चौतारी ताप्लेजुङले सञ्चारमाध्यमको समृद्धिका साथै पत्रकारहरूको व्यावसायिक विकासमा पनि योगदान पुर्‍याउँदै आएको छ ।

ताप्लेजुङमा प्रेस चौतारीको औपचारिक यात्रा एल सी गुरुङको संयोजकत्वमा बनेको पहिलो तदर्थ समितिबाट सुरु भएको हो । त्यसपछि राजु यक्पाङ्देन पहिलो निर्वाचित अध्यक्ष बने, जसपछि कमल भट्टराईले लगातार दुई कार्यकाल नेतृत्व सम्हाल्नुभयो । हाल शाखाको अध्यक्ष वसन्त पालुङ्वा हुन्, जो हाल दोस्रो कार्यकालमा रहेका छन् ।

माघ २३, २०८१ मा सम्पन्न छैटौं जिल्ला अधिवेशनले उहाँको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । हाल शाखामा ६५ जना क्रियाशील सदस्यहरू रहेका छन्, जसले जिल्लामा सञ्चालित विभिन्न रेडियो, पत्रिका, अनलाइन पोर्टल, टेलिभिजन तथा स्वतन्त्र पत्रकारितामा सक्रिय रूपमा काम गरिरहेका छन् ।

संस्थाले नियमित रूपमा पत्रकारिता तालिम, आचारसंहिता अभिमुखीकरण, मिडिया संवाद, र समाज परिवर्तनमूलक विषयमा अन्तक्र्रिया गर्दै आएको छ । प्रेस चौतारी ताप्लेजुङले पत्रकारहरूबीच सहकार्य, एकता, र पेशागत सुदृढीकरणमा बल दिँदै आएको छ । संस्थाले हरेक वर्ष माघ २२ गते, स्थापना दिवसका अवसरमा जिल्लामा क्रियाशील पत्रकारहरूलाई तीनवटा विशेष पुरस्कारद्वारा सम्मान गर्ने परम्परा कायम राखेको छ :

१. जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार – बलबहादुर तामाङद्वारा बुवाआमाको नाममा स्थापना गरिएको ।

२. भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार– इश्वरि पौडेलद्वारा बुवाआमाको नाममा स्थापित ।

३. प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार – शाखाले स्थापना गरेको पुरस्कार ।

यी पुरस्कारहरू स्थानीय दाताहरूको सहयोगमा स्थापना गरिएका अक्षयकोषमार्फत प्रदान गरिन्छन्, जसले पत्रकारिताको योगदानलाई सम्मानित गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको छ ।

प्रेस चौतारी ताप्लेजुङ पत्रकारिताको मात्र संस्था नभई, सामाजिक उत्तरदायित्व, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको संवाहकका रूपमा पनि उभिएको छ । यसले ताप्लेजुङको पत्रकारिता क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउँदै जिल्लाभर प्रेस क्षेत्रको साझा पहिचान स्थापित गर्न सफल भएको छ ।

कार्यसमिति {१२ जना}
profile images

बसन्त पालुङ्वा

अध्यक्ष
9852660564

profile images

मदन गौतम

उपाध्यक्ष
9844619888

profile images

साहारा लङ्वा

उपाध्यक्ष (महिला)
9862763817

profile images

तेञ्जिङ पाङ्‌कर्मा शेर्पा

सचिव
9842639727

profile images

संगीता कार्की

कोषाध्यक्ष
9842784415

profile images

किरण गदाईली

सहसचिव
9840993864

profile images

नारद गुरागाईँ

सदस्य
9844652382

profile images

हेमराज निरौला

सदस्य
9861124738

profile images

सोनिया तामाङ

सदस्य
9863563537

profile images

लक्ष्मण पौडेल

सदस्य
9823692764

profile images

मिङ्‌मा खाङ्‌डु शेर्पा

सदस्य
9847262748

profile images

रोमन बोखिम

सदस्य
9861621895

पूर्व-अध्यक्षहरु {४ जना}
लिला चक्र गुरुङ

लिला चक्र गुरुङ

तदर्थ समिति अध्यक्ष

राजु यक्पाङदेन

राजु यक्पाङदेन

कमलप्रसाद भट्टराई

कमलप्रसाद भट्टराई

दुई कार्यकाल

बसन्त पालुङ्वा

बसन्त पालुङ्वा