
विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन २०८१ चैत १० देखि १२ सम्म विराटनगरमा सम्पन्न भएको छ ।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा आयोजित महाधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।
महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। महाधिवेशनमा देशभरबाट ९३५ जना प्रतिनिधिहरू सहभागी भएका थिए ।
महाधिवेशनमा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।