प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको तेस्रो पूर्ण बैठक सम्पन्न प्रकाशित : आइतबार, साउन १६, २०८३

विराटनगर, १७ साउन । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको तेस्रो पूर्ण बैठक मिति २०८३ साउन १७ गते आइतबार विराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष सुमन पुरीको अध्यक्षतामा बसेको बैठकको प्रमुख आतिथ्यता प्रेस चौतारी नेपाल केन्द्रीय समितिका सचिव विक्रम लुईंटेल, अतिथिहरू नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्षुमन तिवारी, प्रेस चौतारी नेपालका कोशी प्रदेश इन्चार्ज नुतन श्रेष्ठ, सहइन्चार्ज गोपाल काफ्ले, केन्द्रीय सदस्य सुमन सुस्केरा रहनु भएको थियो ।

बैठकले दोस्रो बैठक यताको सांगठानिक अवस्थाको समिक्षा गर्दै विभिन्न प्रस्तावहरूमा छलफल गरेको छ । बैठकलाई सफल बनाउन प्रदेश कमिटीका सदस्यहरू, जिल्ला समितिका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।