परिचय
प्रेस चौतारी नेपाल ताप्लेजुङ, प्रेस चौतारी नेपालको जिल्ला शाखा हो, जसले जिल्लामा सञ्चारकर्मीहरूको संगठनात्मक एकता, पेशागत हकहित, र उत्तरदायी पत्रकारिताको प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेको छ । लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको संरक्षण गर्दै, प्रेस चौतारी ताप्लेजुङले सञ्चारमाध्यमको समृद्धिका साथै पत्रकारहरूको व्यावसायिक विकासमा पनि योगदान पुर्याउँदै आएको छ ।
ताप्लेजुङमा प्रेस चौतारीको औपचारिक यात्रा एल सी गुरुङको संयोजकत्वमा बनेको पहिलो तदर्थ समितिबाट सुरु भएको हो । त्यसपछि राजु यक्पाङ्देन पहिलो निर्वाचित अध्यक्ष बने, जसपछि कमल भट्टराईले लगातार दुई कार्यकाल नेतृत्व सम्हाल्नुभयो । हाल शाखाको अध्यक्ष वसन्त पालुङ्वा हुन्, जो हाल दोस्रो कार्यकालमा रहेका छन् ।
माघ २३, २०८१ मा सम्पन्न छैटौं जिल्ला अधिवेशनले उहाँको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । हाल शाखामा ६५ जना क्रियाशील सदस्यहरू रहेका छन्, जसले जिल्लामा सञ्चालित विभिन्न रेडियो, पत्रिका, अनलाइन पोर्टल, टेलिभिजन तथा स्वतन्त्र पत्रकारितामा सक्रिय रूपमा काम गरिरहेका छन् ।
संस्थाले नियमित रूपमा पत्रकारिता तालिम, आचारसंहिता अभिमुखीकरण, मिडिया संवाद, र समाज परिवर्तनमूलक विषयमा अन्तक्र्रिया गर्दै आएको छ । प्रेस चौतारी ताप्लेजुङले पत्रकारहरूबीच सहकार्य, एकता, र पेशागत सुदृढीकरणमा बल दिँदै आएको छ । संस्थाले हरेक वर्ष माघ २२ गते, स्थापना दिवसका अवसरमा जिल्लामा क्रियाशील पत्रकारहरूलाई तीनवटा विशेष पुरस्कारद्वारा सम्मान गर्ने परम्परा कायम राखेको छ :
१. जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार – बलबहादुर तामाङद्वारा बुवाआमाको नाममा स्थापना गरिएको ।
२. भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार– इश्वरि पौडेलद्वारा बुवाआमाको नाममा स्थापित ।
३. प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार – शाखाले स्थापना गरेको पुरस्कार ।
यी पुरस्कारहरू स्थानीय दाताहरूको सहयोगमा स्थापना गरिएका अक्षयकोषमार्फत प्रदान गरिन्छन्, जसले पत्रकारिताको योगदानलाई सम्मानित गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको छ ।
प्रेस चौतारी ताप्लेजुङ पत्रकारिताको मात्र संस्था नभई, सामाजिक उत्तरदायित्व, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको संवाहकका रूपमा पनि उभिएको छ । यसले ताप्लेजुङको पत्रकारिता क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँदै जिल्लाभर प्रेस क्षेत्रको साझा पहिचान स्थापित गर्न सफल भएको छ ।

बसन्त पालुङ्वा
अध्यक्ष
9852660564

मदन गौतम
उपाध्यक्ष
9844619888

साहारा लङ्वा
उपाध्यक्ष (महिला)
9862763817

तेञ्जिङ पाङ्कर्मा शेर्पा
सचिव
9842639727

संगीता कार्की
कोषाध्यक्ष
9842784415

किरण गदाईली
सहसचिव
9840993864

नारद गुरागाईँ
सदस्य
9844652382

हेमराज निरौला
सदस्य
9861124738

सोनिया तामाङ
सदस्य
9863563537

लक्ष्मण पौडेल
सदस्य
9823692764

मिङ्मा खाङ्डु शेर्पा
सदस्य
9847262748

रोमन बोखिम
सदस्य
9861621895

लिला चक्र गुरुङ
तदर्थ समिति अध्यक्ष

राजु यक्पाङदेन

कमलप्रसाद भट्टराई
दुई कार्यकाल
