परिचय
प्रेस चौतारी नेपाल उदयपुर जिल्ला समितिको स्थापना २०५७ पुस १९ गते एक भेलाबाट भएको हो । भेलाले लिला प्रसाद निरौलालाई संस्थापक संयोजक (अध्यक्ष) चयन गरेको थियो । निरौलाको संयोजकत्वमा गठित समितिमा मोहन बहादुर कार्की, त्रिविक्रम ज्ञवाली, प्रकाश कुमार बस्नेत, कुशलबाबु बस्नेत, महेश विष्ट र धनकुमार श्रेष्ठ सदस्यमा रहनुभयो । उहाँहरू सक्रियतामा २०५९ साल भदौ महिनामा प्रेस चौतारी नेपाल उदयपुरको प्रथम अधिवेशन सम्पन्न भयो ।
अधिवेशनबाट अध्यक्षमा लिला प्रसाद निरौला सर्वसम्मत निर्वाचित हुनुभयो । चौतारीको २०६६ माघ ७ गते सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रेस चौतारी उदयपुरको नेतृत्वमा भरत खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
त्यसैगरी २०६९ पुस २१ गते सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट पुनः भरत खड्काकै नेतृत्वमा जिल्ला समिति चयन भयो । खड्का पछि प्रेस चौतारी उदयपुरको अध्यक्ष बबिता परियार, गणेश उप्रेती, जीवनाथ दाहाल र पुरुषोत्तम सापकोटा सर्वसम्मत चयन हुनुभयो ।
२०८१ माघ २२ गते सदरमुकाम गाईघाटमा सम्पन्न भएको प्रेस चौतारी नेपाल उदयपुर जिल्ला शाखाको आठौँ जिल्ला अधिवेशनले अन्जनी कुमार अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
अन्जनी कुमार अधिकारी
अध्यक्ष
9852838880
राजु मगर
उपाध्यक्ष
9842924500
रन्जु दनुवार
उपाध्यक्ष (महिला)
9804095620
सन्तोष कुमार राैनियार
सचिव
9841256658
हिरा राई
कोषाध्यक्ष
9842975175
सिंह राई
सहसचिव
9842994349
जयराम पुर्वछाने मगर
सहसचिव (समावेशी)
9804795403
सुजाता सुवेदी
सदस्य
9869111270
लोकमान तामाङ
सदस्य
9749231411
कुमुद बस्नेत
सदस्य
9828756991
अरुण कोयु राई
सदस्य
9842969790